शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

संघीयतामाथि कुनै पनि स्वार्थपूर्ण हस्तक्षेप स्वीकार्य हुँदैन : श्रवण थारु

Spread the love

आइतबार १४ असार २०८३
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक श्रवण थारुले संघीयता कसैको कृपा वा दानबाट प्राप्त नभई नेपाली जनताको लामो राजनीतिक संघर्ष र आन्दोलनको उपलब्धि भएको बताएका छन्।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले संघीय शासन प्रणाली नेपाली समाजको आवश्यकता, भूगोल र सामाजिक संरचनाअनुकूल रहेको धारणा व्यक्त गरे।
संयोजक थारुले आवश्यक संशोधनका नाममा व्यक्तिगत स्वार्थपूर्तिका लागि संघीयताको संकुचित व्याख्या गर्दै यसको मूल मर्ममाथि प्रहार गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताए। त्यस्ता गतिविधि गर्ने व्यक्ति वा संस्थाको लोकतान्त्रिक र वैचारिक रूपमा प्रतिवाद गरिने उनको भनाइ छ।
उनले संघीयताको प्रभावकारी कार्यान्वयन, समावेशिता र संविधानको मूल भावनाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x