रास्वपाको सचिवालय बैठक आज बिहान बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्ने भएको छ।
यसअघि आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक विशेष कारणवश स्थगित गरी आज बिहान ८ बजेका लागि सारिएको पार्टीले जनाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आइतबार संघीय संसद्को बैठक रातिसम्म सञ्चालन भएका कारण निर्धारित समयमा सचिवालय बैठक बस्न नसकेको हो।
बैठकमा पार्टीका आन्तरिक संगठनात्मक गतिविधि, आगामी कार्यक्रम तथा समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने बताइएको छ।
पछिल्लो राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा संगठन सुदृढीकरणका विषय पनि बैठकको एजेन्डामा रहने स्रोतले जनाएको छ।
रास्वपाले बैठकबाट पार्टीका भावी रणनीति तथा संगठन विस्तारसम्बन्धी केही महत्वपूर्ण निर्णयसमेत गर्न सक्ने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE