प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था र गोरखापत्र संस्थानमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्ति गरिने

काठमाडौं, जेठ ७ — सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रशारण संस्था तथा गोरखापत्र संस्थान का अध्यक्ष पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्ने भएको छ।
यसका लागि बिहीबार आवेदन आह्वान गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार तीनवटै संस्थाका अध्यक्ष पदमा प्रतिस्पर्धात्मक प्रणालीमार्फत एक–एक जना उम्मेदवार छनोट गरी नियुक्ति गरिनेछ।
मन्त्रालयले गोरखापत्रमार्फत सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारलाई जेठ १८ गतेभित्र दरखास्त पेश गर्न आग्रह गरेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE