गायक निलमको गीत चर्चामा

शुक्रबार २६ वैशाख २०८२
काठमाडौ / उदयमान गायक निलम सुनुवारको गीत ‘श्याँदर थानैमा’ले अहिले बजार तताइरहेको छ।
सुनुवार सस्कृतिमा आधारित युगल गीतमा उनलाइ चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् ।
मिथोच लस्पाचको शब्द भक्त सुनुवारको संगीत अनि अशोक कुमार राइको एरेन्ज रहेको उक्त गीत केही दिन अघि मात्रै सार्वजनिक गरिएको थियो भने अहिले युट्युवमा लोकप्रिय गीतको सुचिमा रहेको छ।
यतिखेर गीतले चर्चा पाए संगै गायक निलमले आउदै गरेको किरात पर्व उभौलिको शुभकामना दिदै आजकोकुरा डटकमसंग ‘मेरो पहिलो गीतले नै म यति चर्चामा आउछु भन्ने सोचेको थिइन्।दर्शक स्रोतालाइ धन्यवाद साथै यस् गीतका संगीतकार भक्त सुनुवारदाइलाइ पनि विशेष धन्यवाद भन्छु।अब कम्मर कसेर यस सांगेतिक यात्रामा लाग्छु’भने।
गीतको म्युजिक भिडियोमा सुजु सुनुवार ,आशिष लिम्बू,पुजा राइले अभिनय गरेका छन् भने कोरियोग्राफर अनिल सुनुवार,छायांकन सनम तामाङ र निर्देशन इङि होपो कोइन्च सुनुवारको रहेको छ।
गीतलाइ गायक निलम सुनुवारको आफ्नै अफिसियल युट्युव च्यानलबाट ल्याइएको छ।
गीत ‘श्याँदर थानैमा’हेर्नुहोस्:
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE