बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र छैन : पूर्वराजा ज्ञानेन्द्र

  • 69
  •  
  •  
  •  
  •  
  •  
  •  
    69
    Shares

sharethis sharing button
आइतबार ३१ चैत २०८१

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र र वाद अरु हुन नसक्ने बताएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

‘हरेक नयाँ वर्ष नुतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो। समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ,’ उनले भनेका छन्।

केही दिन अघि जनप्रदर्शनमा भएको हिंसा, आगजनी, तोडफोडबाट मानवीय एवं भौतिक क्षति भएकोमा अत्यन्तै दुःख लागेको उनको भनाइ छ।

नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय रहेको उनले बताए। ‘वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv