सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी

शनिबार १९ बैशाख २०८३
काठमाडौं / रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन्। उक्त अध्यादेशसहित उनले शनिबार तीनवटा अध्यादेश जारी गरेका हुन्।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हालसम्म कुल ६ वटा अध्यादेश जारी भइसकेका छन्।
जारी गरिएका अध्यादेशहरूमा:
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३
सरकारले विभिन्न कानुनी तथा प्रशासनिक सुधारलाई लक्षित गर्दै अध्यादेशमार्फत ती व्यवस्था अघि बढाएको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE