शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026

कलंकीमा १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्पन्न: सरकारको नीतिको आलोचना, श्रमिकको अधिकारमा जोड

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

​शुक्रबार १८ बैशाख २०८३

काठमाडौँ । १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौँको कलंकीमा श्रमिकहरूको विशेष भेला तथा उत्सव आयोजना गरिएको छ। श्रमिक बचत समूह र आम ट्रेड युनियन फेडरेसनको संयुक्त आयोजनामा कलंकीस्थित सूर्य लेण्ड पार्कमा वनभोजसहितको विविध कार्यक्रम गरी दिवस मनाइएको हो।

श्रमिक र सुकुम्बासीको समस्यामा सरकार उदासीन रहेको आरोप

कार्यक्रमका प्रमुख अतिथि एवं संविधान सभा सदस्य तथा आम जनता पार्टी (आजपा) का सहअध्यक्ष तिलक थापा मगरले वर्तमान सरकारको कडा आलोचना गर्नुभयो। सम्बोधनका क्रममा उहाँले सरकारका नीतिहरू श्रमिकमैत्री हुन नसक्दा दैनिक ज्यालादारी गर्ने श्रमिक र सुकुम्बासी वर्गको जनजीवन झन् कष्टकर बन्दै गएको दाबी गर्नुभयो। “वर्तमान राज्य व्यवस्थाले श्रमको उचित सम्मान गर्न सकेको छैन, जसले गर्दा भुइँतहका नागरिकहरू समस्यामा परेका छन्,” नेता मगरले भन्नुभयो।

हक–अधिकारका लागि सामूहिक प्रतिबद्धता

कार्यक्रममा आम ट्रेड युनियनका अध्यक्ष शिव थापा, उपाध्यक्ष हरि थापा र महासचिव तेज नारायण थारु लगायतका वक्ताहरूले श्रमिकहरूको सामाजिक सुरक्षा र मर्यादित श्रमको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले ट्रेड युनियनहरूले श्रमिकको हकहितका लागि निरन्तर दबाब दिइरहनुपर्ने धारणा व्यक्त गर्नुभयो।

विविध कार्यक्रम र पुरस्कार वितरण

आम ट्रेड युनियन इन्चार्ज धनकुमारी मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएको थियो। सो अवसरमा आयोजित ‘म्युजिकल चेयर’ प्रतियोगितामा एलिजा घिसिङ प्रथम भई नगद पुरस्कार प्राप्त गर्नुभएको छ। लक्ष्मी मगरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सूर्य गुरुङ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विश्वव्यापी नाराको सान्दर्भिकता

नेपालसहित विश्वभर ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने ऐतिहासिक नाराका साथ यो दिवस मनाइँदैछ। कलंकीको कार्यक्रमले पनि श्रमिकको कार्यघण्टा, उचित पारिश्रमिक र मर्यादित जीवनको मागलाई मुख्य एजेन्डाका रूपमा उठाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x