शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026

आजबाट कक्षा १२ को परीक्षा सुरु, ४५ दिनभित्र नतिजा सार्वजनिक हुने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार १४ बैशाख २०८३
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) सोमबारबाट सुरु भएको छ। परीक्षामा देशभरबाट कुल ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै छन्।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा का अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब ९० हजार विद्यार्थी कम भएका छन्। पुरानो कोर्सका विद्यार्थीले तीन वर्षसम्म परीक्षा दिन पाउने व्यवस्था सकिएकाले संख्या घटेको हो।
नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थी (१ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १३७ छात्रा र २९० अन्य) सहभागी छन् भने आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी छन्।
यस वर्ष सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ छन् भने सबैभन्दा कम मनाङबाट ३१ जना सहभागी छन्।
देशभर १ हजार ४२० र जापानमा १ गरी कुल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौंमा सबैभन्दा बढी १६१ केन्द्र र मनाङ तथा मुस्ताङमा १–१ केन्द्र रहेका छन्।
प्रदेशगत परीक्षार्थी संख्या
कोशी : ६७,४९७
मधेस : ६२,११४
वागमती : १,२०,४७७
गण्डकी : ३०,५४६
लुम्बिनी : ६९,४११
कर्णाली : ३०,४७९
सुदूरपश्चिम : ३७,४४५
जापान : ३९
परीक्षालाई व्यवस्थित बनाउन ४४ हजार २०४ जनशक्ति परिचालन गरिएको छ, जसमा केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र सुरक्षाकर्मीहरू समावेश छन्।
यो वर्षको परीक्षा वैशाख २७ गते सकिनेछ। बोर्डले ४५ दिनभित्र (असार १५ भित्र) नतिजा सार्वजनिक गर्ने लक्ष्य लिएको छ, जुन गत वर्षको ७८ दिनको तुलनामा छिटो हो।
बोर्डले परीक्षा स्वच्छ, मर्यादित र विद्यार्थीमैत्री बनाउन सबै सरोकारवालासँग सहयोगको अपिल गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x