शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

नयाँ वर्ष २०८३ को अवसरमा थारू महिला समाजद्वारा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना

Spread the love

शुक्रबार २७ चैत  २०८२
काठमाडौं। नयाँ वर्ष २०८३ साल तथा जुरसितल (सिरुवा) पर्वको अवसरमा थारू महिला समाज, नेपालले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
थारू समुदायको अधिकार, पहिचान र संस्कृतिको संरक्षणका लागि एकजुट हुने सन्देशसहित “शुभकामना आदान–प्रदान तथा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम” सञ्चालन गर्न लागिएको हो।
कार्यक्रम यही चैत २८ गते काठमाडौंको अनामनगरस्थित तमुवोध सेवा समितिमा हुने आयोजकले जनाएको छ। कार्यक्रम दिउँसो १२:३० बजे सुरु हुनेछ।
कार्यक्रममा विभिन्न क्षेत्रका महिला अगुवा, अधिकारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विशेषगरी महिला हिंसा विरुद्ध आवाज उठाउने, समुदायमा चेतना अभिवृद्धि गर्ने र सांस्कृतिक पहिचान जोगाउने विषयमा अन्तरक्रिया केन्द्रित हुने जनाइएको छ।
उक्त कार्यक्रमको आयोजना थारू महिला समाज, नेपाल (केन्द्रीय कार्यसमिति, काठमाडौं) ले गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x