काठमाडौं / भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनामा परि ज्यान गुमाएकी स्कुटर चालकको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ज्यान गुमाउनेमा दोलखाको मेलुङ गाउँपालिका-४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन् । उनी काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्।

तीव्र गतिमा आएको ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर २० मिटर परसम्म घिसारेर लगेको थि
सुस्माको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । ट्रक चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE