शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

भर्सटाइल डान्सिङ स्टार सिजन २ को सम्मान कार्यक्रम सम्पन्न

Spread the love

बुधबार १९ भदौ २०८१

काठमाडौं / गोकर्णेश्वर भर्सटाइल डान्स स्टुडियो द्वारा  आयोजित भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ। यहि भदौ १८ गते जोरपाटीको पिस बैंक्वट्मा सम्पन्न  प्रतियोगितामा  सिनियर  र जुनियर गरेर ४४ जना सहभागिता रहेका थिए ।प्रतियोगितामा सिनियर तर्फ प्रथम सुदिप तामाङ   द्वितीय टीका माया तामाङ  तृतीय निकिता सुनुवार सान्त्वना युनिशा तामाङ   बने भने जुनियरतर्फ प्रथम सुबिसन लामा  द्वितीय श्रेय  लामा तृतीय चिमी ल्हामो शेर्पा र सान्त्वना प्रकृति लामा  बनेका थिए ।

बिजेताहरुलाई प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकि उपमेयर सान्नानी लामा विशेष अतिथिहरु वडा नम्बर ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ,वडा ,सद्स्य सुमन लामा  लगायतबाट नगद,ट्रफी मेडल र प्रमाण पत्र सहित पुरुस्कार प्रदान गरिएको थियो ।  कार्यक्रमलाई सफल पार्ने सहयोगीदाताहरु र  समाजसेवी लीला बहादुर थापा मगर  लाई  कार्यक्रममा सम्मान समेत गरिएको थियो ।
पूर्ण लामा संयोजक  रहेको कार्यक्रमको सभापतित्व दक्षिणा लामाले गर्नुभएको थियो भने  सर्मिला तामाङ र चुडामणी फुयालले कार्यक्रम सञ्चालन गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x