बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

पाकिस्तानलाई ५४ रनले हराउदै  न्युजिल्यान्ड सेमिफाइनलमा

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

मङ्गलबार २९ असोज  २०८१

काठमाडौँ / न्युजिल्यान्डले वुमेन्स ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा सोमबार आफ्नो स्थान सुरक्षित गरेका छन । उसले यसका लागि निर्णायक सावित लिग चरणको खेलमा पाकिस्तानलाई सजिलै ५४ रनले हरायो ।

जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो । राम्रो नेट रन रेटको जितमा सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसामु आक्रामक खेल्ने विकल्प मात्र थियो ।

न्युजिल्यान्डका लागि ओपनर सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् ।

यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना भने समाप्त भएको थियो । समूह बी बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x