रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट आज सुनुवाइमा

सोमबार ९ चैत २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।
उक्त रिटको सुनुवाइ न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमान को इजलासमा हुने तय भएको हो।
महान्यायाधिवक्ता सविता भण्डारी ले लामिछानेविरुद्ध लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
यसअघि पनि उक्त विषयमा सुनुवाइ भइसकेको थियो। गत हप्ता न्यायाधीश शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले महान्यायाधिवक्ताको माघ २ गतेको निर्णयसहित सम्बन्धित फाइल झिकाउन आदेश दिएको थियो र आजका लागि पेशी तोकिएको हो।
लामिछानेविरुद्ध कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइला सहकारी ठगीसँग सम्बन्धित मुद्दाका साथै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपहरू लागेका छन्।
महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE