बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

म्याद थपका लागि लामिछानेलाई आज अदालत लगिँदै

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

मङ्गलबार २० कार्तिक २०८१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो। कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो।

थपिएको म्याद कात्तिक १४ गते बुधवार सकियो। तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ।

पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ। आफ्नो बयानमा लामिछानेले सहकारी ठगीमा संलग्नता अस्वीकार गर्दै आएका छन्।

गोरखा मिडियामा रकम व्यस्थापन र परिचालन आफूले गर्ने नगरेको उल्लेख गर्दै उनले सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, सेयर सदस्य कतै नभएकाले ऋण लिने कुरै नहुने उनले बयान दिएका छन्।

कतिपयले बयान सकिएको भनेर बताईरहेको बेलामा अनुसन्धानमा संलग्न अधिकारीले भने अझै बयान नसकिएको दाबी गरेका छन् । लामिछानेलाई बयानको लागि रुपन्देही लग्ने प्रहरीको तयारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x