सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

प्रेस काउन्सिल नेपालको आग्रह: निर्वाचन अवधिमा निष्पक्ष र उत्तरदायी बनौँ

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

मङ्गलबार १२ फागुन २०८२
काठमाडौं / प्रेस काउन्सिल नेपालले निर्वाचन अवधिमा आमसञ्चारमाध्यमलाई पूर्ण रूपमा निष्पक्ष, मर्यादित र उत्तरदायी बन्न आग्रह गरेको छ।
मुलुकभरका सञ्चारमाध्यमको नियमित अनुगमन गर्दै आएको काउन्सिलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पनि पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा विशेष निगरानी गरिरहेको जनाएको छ।
काउन्सिलका अनुसार पछिल्लो समय केही सञ्चारमाध्यमले ‘चुनावी विश्लेषण’, ‘विशेष रिपोर्ट’ वा ‘सर्वेक्षण’ शीर्षकमा राजनीतिक दल र उम्मेदवारको नाम किटान गर्दै मत सर्वेक्षणको शैलीमा सामग्री सम्प्रेषण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता सामग्रीले मतदातालाई प्रभावित पार्ने, दिग्भ्रमित गर्ने तथा निर्वाचन प्रक्रियामा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने जोखिम रहेको काउन्सिलको भनाइ छ।
“यो उम्मेदवार अगाडि”, “फलानाको लहर”, “डेन्जर जोनमा”, “नयाँतिर आकर्षण” जस्ता अभिव्यक्तिले आम नागरिकको मनोभावनामा असर पार्न सक्ने भन्दै काउन्सिलले त्यस्ता सामग्रीलाई नोटिसमा राखिएको स्पष्ट पारेको छ। यस्ता गतिविधिले स्वच्छ र निष्पक्ष निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने ठहर काउन्सिलको छ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले प्रेस स्वतन्त्रताको नाममा प्रकाशित सामग्रीले कसैलाई लाभ वा हानि पुग्न सक्ने भएकाले पत्रकारिता क्षेत्र यस ऐतिहासिक सन्दर्भमा थप जिम्मेवार र सन्तुलित हुनुपर्ने बताए।
निर्वाचन सफल बनाउन राज्यका अन्य निकायसँगै सञ्चार जगतको पनि महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै काउन्सिलले स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित, निष्पक्ष र सन्तुलित रूपमा आचारसंहिताको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।
साथै, आम मतदाताको विवेक, स्वतन्त्रता र गोप्य मताधिकारको सम्मान गर्दै मत प्रभावित हुने खालका सामग्री सम्प्रेषण नगर्न–नगराउन काउन्सिलले पुनः ध्यानाकर्षण गराएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x