सप्तरी क्षेत्र नं. ४ मा ‘नेपाली कम्युनिष्ट पार्टी’ की उम्मेदवार रुबी कर्णको १३ बुँदे चुनावी प्रतिबद्धता सहित चुनावमा तिब्रता

सोमबार १८ फागुन २०८२
राजविराज / आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नं. ४ बाट नेपाली कम्युनिष्ट पार्टी की उम्मेदवार रुबी कर्णले आफ्नो १३ बुँदे चुनावी प्रतिबद्धता सहित चुनावी माहोल तीब्रता बनाएका छन । तारा चुनाव चिह्नसहित चुनावी मैदानमा उत्रिनुभएकी कर्णले घरदैलो अभियानलाई तीव्र पार्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिक एजेन्डा बनाएको बताउनुभयो।
शिक्षा र स्वास्थ्यमा जोड
कर्णले क्षेत्रभित्र स्नातकोत्तर तहसम्मको कलेज सञ्चालन गर्ने र बलान–बिहुल क्षेत्रमा स्नातक तहको कलेज स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ। साथै, सामुदायिक विद्यालयहरूमा नेपालीसँगै अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाउने योजना अघि सार्नुभएको छ।
स्वास्थ्यतर्फ क्षेत्रीय स्तरको APF अस्पताल तथा ट्रमा सेन्टर सञ्चालन गरी सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलब्ध गराउने बताउनुभएको छ।
कृषि, सिँचाइ र रोजगारी
त्रियुगा–खडक–सुरुङ्गा–बिहुल प्रणालीमार्फत नहर सञ्चालन तथा बलान नदी नियन्त्रण गरी सिँचाइ सुविधा विस्तार गर्ने उहाँको योजना छ। कृषिको आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
रोजगारी सिर्जनाका लागि ‘एक नगर, एक उद्योग’ (उद्योग ग्राम) अवधारणा कार्यान्वयन गर्दै युवालाई स्वदेशमै अवसर दिने कर्णको भनाइ छ।
सांस्कृतिक संरक्षण र सुशासन
थारु, मुस्लिम र मिथिला संस्कृतिको जगेर्नाका लागि एकीकृत संग्रहालय निर्माण गर्ने तथा मठमन्दिर र मस्जिद संरक्षण गर्ने योजना सार्वजनिक गरिएको छ। साथै, संविधानको रक्षा, सुशासनयुक्त समाज निर्माण र महिला तथा युवा मैत्री क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
“तारा छापमा मतदान गरी विजयी गराउनुहुनेछ भन्नेमा विश्वस्त छु,” कर्णले मतदातासँगको भेटघाटमा बताउनुभयो।
सप्तरी ४ मा चुनावी सरगर्मी बढिरहँदा कर्णका एजेन्डालाई मतदाताले चासोपूर्वक हेरेका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE