शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

पबनको म्युजिक भिडियो एक पछि अर्को रिलिज

  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
    110
    Shares

 

जयजनता सम्बादाता

बिहिवार २२ साउन २०८२

काठमाडौ / बागलुङ जिल्लाको बताकचौरमा बुवा पदम पौडेल र आमा मन्जु पौडेलको जेठो सन्तानको रुपमा बि. स २०५४ सालमा जन्मिएका डा. पवन पौडेल,एस .एल .सि सम्म गाउमै अध्ययन गरि डाक्टर बन्ने सपना बोकि शहर तिर हान्निएका थिए।उच्च शिक्षा उनले मोरङ र चितवन बाट पूरा गर्दै गर्दा सङ्गीत र मोडलिङ क्षेत्रबाट केही अफर हरु समेत आएको तर पढाइ आफ्नो पहिलो प्राथमिकतामा रहेकोले रहर भएर पनि मोडलिङ गर्न नसकेको बताउँछन् । स्नातक को पढाइ सकेर उनी भेटेरिनरी डाक्टर भएपश्चात बल्ल उनको ठूलो सपना साकार भएको बताउँछन् । भेटेरिनरी डाक्टर भयपश्चात पबनले युटुब तथा टेलिभिजनका विभिन्न नृत्य र अभिनय सम्बन्धि रियालिटी शो हरु हेर्दै आफुलाइ कलामा अभ्यस्त बनाउन थाले। समय क्रमसङ्गै उनको भेट फिल्म तथा म्युजिक भिडियो निर्देसक घनश्याम तिमल्सिना सङ्ग भयो र उनकै अफरमा डा. पबनले पहिलोपटक अफिसियल म्युजिक भिडियो कान्छी को जोबनमा मोडलिङ गरेका थिए। हालसम्म चार वटा अफिसियल म्युजिक भिडियोमा मोडलिङ गरिसकेका पबनको पछिल्लो भिडियो बुट्टे चोली केहिदिन भित्रै सार्बजनिक हुने उनले बताए। पश्चिमेली पन्चेबाजामा आधारित उक्त भिडियोमा पबन सङै मन्दिरा थापा,प्रकाश श्रेष्ठ ,गुनगुन थापा समेतले अभिनय गरेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x