उपचाररत वृद्धका लागि मेयर गीता चौधरीको पहल, अस्पतालबाट शुल्कमा छुट

शनिबार १६ फागुन २०८२
काठमाडौं / सप्तरी – सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरीले काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत एक वृद्ध बिरामीको उपचारका लागि पहल गरी अस्पताल शुल्कमा छुट गराएकी छन्।
फोक्सोमा तीनवटा प्वाल देखिएको समस्याबाट पीडित किशुन देव साहको उपचार व्यवस्थापनका लागि मेयर चौधरीले अस्पताल प्रशासनसँग समन्वय गरेकी हुन्। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थाबारे जानकारी पाएपछि उनले मानवीय पहल स्वरूप सहयोग जुटाएको जनाइएको छ।
पीडित किशुन देव साहसँग आफ्नो व्यक्तिगत चिनजान नभए पनि तेज नारायण थारुको पहलमा मानव सेवा तथा कल्याणको भावनाबाट आफूले सहयोग गरेको मेयर चौधरीले बताएकी छन्।
उनको उक्त कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्यजस्तो संवेदनशील विषयमा जनप्रतिनिधिको सक्रियता प्रशंसनीय रहेको भन्दै समर्थन जनाइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE