बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट जिम्मेवारीमुक्त

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

बिहिवार १० माघ २०८१

काठमाडौ / भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ।

जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए ।

जसअनुसार जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुवँर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x