आइतवार, मंसिर २९, २०८२
Sunday, December 14, 2025

तिहारमा ६ लाखले काठमाडौं उपत्यका  बाहिरिने अनुमान

  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौ / शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए। ‘यसपटक दसैंका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नुपर्यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन्। अब सास्ती बेहोर्नुपर्ने छैन,’ उनले भने।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए।

‘दसैंको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमार्गस्थित माईखोला खुल्न बाँकी थियो। शनिबारदेखि त्यो पनि सञ्चालनमा आइसकेको छ। अब राष्ट्रिय राजमार्गमा समस्या छैन,’ उनले भने, ‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौं।’ रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x