शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बालेनले गरीखान नदिएको भन्दै कवाड व्यवसायीले मन्त्रीलाई बुझाए ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग

  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

सोमबार २२ बैशाख २०८२

काठमाडौं / कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको भन्दै समाजले सोमबार मन्त्री गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो।

काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका हुन्।

‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, संकलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलकहरूको टाउको फुटेको र अंगभंग भएका छन्। खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेका छन्।’

कवाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन्। अध्यक्ष गुप्ताका अनुसार हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध छन्।स्रोत डिसिनेपाल

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x