शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

प्रधानमन्त्रीसहित राजनीतिक दल र सुरक्षा निकायसँग छलफल गर्दै निर्वाचन आयोग

  • 60
  •  
  •  
  •  
  •  
  •  
  •  
    60
    Shares

सोमबार ७ पुस २०८२

काठमाडौं / आज निर्वाचन आयोगले प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन ।
२१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनको विषयमा आयोगले छलफल गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो १ बजे छलफल हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई जानकारी दिए ।

उनका अनुसार आगामी चुनावको विषयमा केन्द्रित भएर छलफल हुने छ । छलफलमा आयोगले हालसम्मको चुनावको तयारीबारे गरेका काम कारबाहीबारे पनि जानकारी दिने कार्यक्रम रहेको उनले बताए । उक्त छलफलमा राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई समेत बोलाइएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x