बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026

१४ जिल्लामा घरघरमै राहदानी वितरण, लाइसेन्स पनि घरमै पुर्‍याइने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

मङ्गलबार १५ वैशाख २०८३
काठमाडौ / सरकारले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यसहित सुरु गरेको घरदैलोमै सेवा विस्तार कार्यक्रमअन्तर्गत हालसम्म १४ जिल्लामा राहदानी (पासपोर्ट) घरमै वितरण सुरु गरिएको छ।
हुलाक सेवा विभाग का अनुसार, अहिलेसम्म ३११ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ। विभागले गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडी लगायत जिल्लासँग सम्झौता गरी सेवा विस्तार गरिरहेको जनाएको छ। अन्य जिल्लाहरूमा पनि क्रमशः सेवा विस्तार गर्ने तयारी गरिएको छ।
सबै जिल्ला प्रशासन कार्यालय हरूले राहदानी बनाउन आउने सेवाग्राहीको ठेगाना संकलन सुरु गरिसकेका छन्, जसले घरमै वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यसैबीच, सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा पनि उल्लेखनीय प्रगति भएको छ। २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्ममा २ लाख ५६ हजार १२६ वटा लाइसेन्स हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ। मोरङ र कास्की जिल्लाबाट भने यातायात कार्यालयसँग समन्वय गरी लाइसेन्स घरमै पुर्‍याउने सेवा सुरु भइसकेको छ।
विभागका अनुसार अन्य सेवाहरू पनि घरदैलोमै पुर्‍याउने तयारी भइरहेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सँग प्रयोगशाला नमुना ढुवानी सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको छ भने नेपाल टेलिकम सँग सिमकार्ड घरमै पुर्‍याउने विषयमा प्राविधिक तयारी थालिएको छ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय सँग प्रमाणपत्र ढुवानीका लागि दोस्रो चरणको छलफल सम्पन्न भइसकेको छ भने मध्यपश्चिम विश्वविद्यालय सँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु गरिएको छ।
सरकारले गत चैत १३ गते सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी नागरिकमैत्री बनाउने लक्ष्य लिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समन्वय भइरहेको जनाइएको छ।
सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सेवा कार्यान्वयनलाई तीव्र बनाउन सम्बन्धित निकायलाई सहकार्य र समस्या समाधानमा सक्रिय हुन निर्देशन दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x