एनपीएल: पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

शुक्रबार ५ मंसिर २०८२
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे हुने खेलमा पोखरा एभेञ्जर्सको कप्तानी कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने छन् ।
जारी एनपीएलमा दुवै टोलीको लागि यो दोस्रो प्रतिस्पर्धा हो । पोखराले पहिलो खेल विराटनगर किङ्ग्ससँग खेलेको थियो भने सुदूरपश्चिमले काठमान्डू गुर्खाज्को सामना गरेको छ ।
पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रितराज दास, दिनेश खरेल, विपिन खत्री र विकेटकिपर एडम रोसिङ्टन आजको खेलमा पोखराका मुख्य आधार मानिएका छन् ।
सुदूरपश्चिमको टोलीमा विकेटकिपर विनोद भण्डारी, चर्चित खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी र बलर अविनाश बोहरा समावेश छन् ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE