शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाल पत्रकार महासंघको निर्वाचन असोज १२ गते  शनिवार हुने

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौँ / नेपाल पत्रकार महासंघको निर्वाचनको लागि नयाँ मिति सार्वजनिक भएको छ। 

आज महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्तिमार्फत यही असोज १२ गते शनिवार महासंघको निर्वाचन हुने जानकारी दिनुभएको हो । 

यसअघि महासंघले यही असोज ५ गतेका लागि निर्वाचन मिति तोकेपनि अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि परिस्थिति असहज भएको कार्यवाहक अध्यक्ष विष्टको विज्ञप्तिमा भनिएको छ। 

महासंघले आजै सरोकारवाला सबैको सहमतिमा मतदाता सूची निर्वाचन समितिलाई बुझाएको छ ।

भोलि भदौ २९ गते शनिवार मतदाता सूची र भोलि नै निर्वाचन सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ । 

कार्यवाहक अध्यक्ष विष्टले निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षलाई आव्हान पनि गर्नुभएको छ । स्रोत नेपालटेलिभिजन 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x