आजदेखि विशेष अदालतले नियमित सुनुवाइ गर्ने

मङ्गलबार ११ कार्तिक २०८२
काठमाडौ / विशेष अदालतले आजदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने भएको छ। जेन-जी आन्दोलनमा विशेष अदालतमा तोडफोड भएसङ्गै विशेष अदालतमा मुद्दाको कामकाज सुनुवाइ रोकिएको थियो।
कार्यालय मर्मत गरेर मंगलबारदेखि मुद्दाको नियमित सुनुवाइ गर्न लागिएको सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।
विशेषले एक साताको पेसी सूची निकालिसकेको छ। यसअघि नयाँ मुद्दा दर्ता र थुनछेकसम्बन्धी आदेश मात्र हुँदै आएको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE