शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

काठमाडौंमा विशेष प्रदूषण परीक्षण : ३८ मध्ये २० सवारी मापदण्डविपरीत, कारबाही सुरु

Spread the love

काठमाडौं, २४ असार २०८३। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार काठमाडौंमा सवारीसाधनको विशेष प्रदूषण परीक्षण अभियान सञ्चालन गरेका छन्।
बबरमहलस्थित सडक विभाग अगाडि गरिएको आकस्मिक परीक्षणमा ३८ वटा सवारीसाधनको जाँच गर्दा २० वटा अर्थात् ५२.६४ प्रतिशत सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको छ।
वातावरण विभागका उपनिर्देशक सरोजकुमार चौधरीका अनुसार मापदण्ड उल्लंघन गर्ने ती सवारीसाधनलाई नियन्त्रणमा लिई प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।
विभागका अनुसार सवारीसाधनबाट हुने वायु प्रदूषण न्यूनीकरण, धुवाँ उत्सर्जन नियन्त्रण तथा नागरिकलाई स्वच्छ वातावरण उपलब्ध गराउने उद्देश्यले संयुक्त टोलीले सडकमै पुगेर विशेष परीक्षण अभियान सञ्चालन गरेको हो।
काठमाडौं उपत्यकामा सवारीसाधनबाट निस्कने धुवाँ वायु प्रदूषणको प्रमुख स्रोत भएकाले यसको प्रभावकारी नियन्त्रणका लागि यस्ता आकस्मिक संयुक्त अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने विभागले जनाएको छ।
मन्त्रालयले सम्पूर्ण सवारीधनीलाई आफ्नो सवारीसाधनको नियमित मर्मत–सम्भार गर्न, समयमै प्रदूषण परीक्षण गराई हरियो स्टिकर लिन तथा तोकिएको वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ।
वातावरण विभागले आगामी दिनमा पनि उपत्यकाका विभिन्न स्थानमा विशेष प्रदूषण परीक्षणलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्दै मापदण्ड उल्लंघन गर्ने सवारीसाधनमाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x