शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सप्तरीका सिडिओ र एसपीलाई निलम्बन गर्न माग गर्दै स्थानीयद्वारा मशाल जूलूस प्रदर्शन

Spread the love

 

 

सोमबार १२ फागुन २०८१
सप्तरी / सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित इटहर्वा  बजारमा सोमबार सिडिओ र एसपी विरुद्ध मसाल जूलूस प्रदर्शन गरिएको छ ।  स्थानीय प्रमुख ६ दलको आव्हानमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई निलम्बन गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

 

सप्तरीका सिडिओ र एसपीलाई निलम्बन गर, सार्वजनिक सम्पत्ति संरक्षण गर, भुमाफिया मुर्दावाद, प्रहरी दमन मुर्दावाद लगायतका चर्को नारा लगाउँदै ६ दलका स्थानीय नेताकार्यकर्तासहित दर्जनौंको संख्यामा रहेका बजारबासीले मशाल जुलुस प्रदर्शन गरेका थिए ।
इटहर्वा बजार देखि निकालिएको मशाल जूलूस आमसोत पुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिब तुलसी थारुले प्रहरी ज्यादतीको विरोध गरे । भु माफियासंग साँठगाँठ गरि सिडिओ र एसपीले ४० बर्ष अगाडि निर्माण गरेको संरचना डोजर लगाएर तोडफोड गरेको भन्दै  उनले अविलम्ब निलम्बन गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन।

१२ गते साँझ मशाल जूलूस प्रर्दर्शन, १३ गते पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम गर्ने, १४ गते पत्रकार सम्मेलन गरि थप चरणबद्व आन्दोलन घोषणा गर्ने  संघर्षको कार्यक्रम सार्वजनिक गर्दै उनले तीनदिन भित्र माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

आन्दोलनका कारण १० मिनेट सडक समेत अवरुद्ध भएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x