मलेसियाविरुद्ध नेपालको शानदार जित

मलेसियालाई ५ विकेटले पराजय गर्दै नेपालले सिरिज हात पारेको हो। बुधबार मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्यो। नेपालका लागि रुबि पोदारले २६ तथा पूजा महतोले २३ रन बनाए।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाए।
नेपालका लागि कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE