शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नेपाल टेलिकमको दसैँ-तिहार-छठ अफर

  • 77
  •  
  •  
  •  
  •  
  •  
  •  
    77
    Shares

काठमाडौ / नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘दसैं-तिहार-छठ अफर २०८२’ ल्याएको छ।

यस योजनाअन्तर्गत मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेजका साथै एफटीटीएच जडानमा पनि छुट दिइनेछ। यी अफरहरू असोज ६ गतेदेखि लागू हुनेछन्।

प्रमुख अफरहरू

  • एफटीटीएच प्याकेज: असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई रु. ५०० को जडान शुल्क मिनाहा गरिनेछ।

डाटा प्याकेज:

  • फेस्टिभल अनलिमिटेड: रु. ४९९ मा ५ GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर २ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
  • फेस्टिभल अनलिमिटेड प्रिमियम: रु. ६९९ मा १० GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर ३ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

भ्वाइस र एसएमएस प्याकेज:

  • जोयफूल मिनेट्स: रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस कल गर्न सकिनेछ।
  • फेस्टिभ म्यासेज प्याकेज: रु. ९९ मा १००० अन-नेट एसएमएस उपलब्ध हुनेछ।

यी सबै मोबाइल प्याकेजको समयावधि प्रिपेडका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिन तोकिएको छ।

मोबाइल सेवाका यी प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।

कम्पनीले चाडपर्वमा ग्राहकहरूलाई आफन्तसँग सहजै सम्पर्कमा रहन र डिजिटल सेवाहरूको प्रयोगलाई बढाउन प्रोत्साहित गर्न यस्ता अफरहरू ल्याएको बताएको छ।

source barnanmedia

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x