सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

व्यक्तिको जिम्मा पार्टीले लिँदैन, गल्ती गर्नेले भोग्नुपर्छ : महामन्त्री थापा

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares
काठमाडौ / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने तर पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन्।

शनिबार नेपाली कांग्रेस काठमाडौं महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो। व्यक्तिले गरेको गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नुपर्छ।’

यसैगरी, महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झनुपर्ने अवस्था भएको उल्लेख गरे। उनले बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरूले काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ। कांग्रेस सरकारमा रहनु नरहनु ठूलो कुरो होइन। हामी चुनावमा हार्छौं कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्कनुपर्छ।’

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं महानगर–३० कार्यसमितिका सभापति दलबहादुर कार्की, काठमाडौं–४ प्रदेश ‘क’ का सभापति विमलकुमार होडालगायत नेताहरूले बिपीको योगदान र वर्तमान राजनीतिक अवस्थाबारे आफ्ना विचार राखेका थिए। रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x