सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सुरुङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन सम्पन्न

  • 78
  •  
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

सोमबार ४ फागुन २०८२
सप्तरी / सप्तरीको सुरुङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। नगर प्रमुख गीता चौधरी र नगर उप–प्रमुख हक बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भवनको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा वडा नं. १ देखि ११ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विभिन्न जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख व्यक्तिहरूमध्ये छत्र बहादुर रावत, अर्जुन राज खपाङ्गी मगर, किरण कुमार पोखरेल, देवेन्द्र प्रसाद चौधरी, दिलाराम चौधरी, दिनेश कुमार राम, शिव नारायण चौधरी, श्याम प्रसाद साह, सन्त कुमार यादव, चन्द्र नारायण यादव, राम कुमार चौधरीलगायत कार्यपालिका सदस्यहरू सहभागी थिए।
यसैगरी, नवनिर्मित प्रशासकीय भवन निर्माणका लागि जग्गा दान गर्ने दाताहरूलाई पनि कार्यक्रममा सम्मानसहित स्मरण गरिएको छ।

जग्गा दाताहरुमा श्री महेश चौधरी, स्वर्गीय श्री कन्तलाल चौधरी, श्रीमती काली कुमारी चौधरी, श्रीमती हरिहर देवी चौधरी र श्रीमती जितनी कुमारी चौधरीले जग्गा उपलब्ध गराएका हुन्।
नगरपालिकाले नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। स्थानीय बासिन्दाले पनि आधुनिक संरचनाले प्रशासनिक कामकाजमा पारदर्शिता र गति थपिने अपेक्षा गरेका छन्।
उक्त भवन समुद्घाटन कार्यक्रम वि.सं. २०८२ फागुन  ४ गते सोमबारको शुभ साइतमा सम्पन्न गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x