सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

सुनको मूल्यमा तोलाकै २ लाख नाघ्यो, चाँदीको कति?

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

शुक्रबार १३ भदौ २०८२

काठमाडौं / सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु एक हजार २०० ले वृद्धि भएको छ भने् चाँदी प्रति तोलाको पाँच रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ६०० निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ।

हिजो बिहीबार एक तोला सुन एक लाख ९९ हजार ४०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ मा क्रयविक्रय भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔंस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x