शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

गोकर्णेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

सोमबार १९ साउन २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) निकटको आम उद्योग बाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

२६औँ श्रावनी मेलाको शुभअवसरमा काठमाडौंको सुन्दरीजल स्थित गोकर्णेश्वर महादेव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

भोलेनाथ काँवरिया संघको आयोजना र आम उद्योग बाणिज्य संघको समन्वयमा सो स्वास्थय शिविर सम्पन्न भएको संघका अध्यक्ष साजन जयसवालले जनाएका छन् । शिव भक्तजनहरुको निःशुल्क स्वास्थ्य चेकजाँचको कार्यक्रम गरेर आफूहरुले पनि धर्मकर्म गरेको जयसवालले जनाएका छन् ।

शिविरमा बोलबम काँवरियाहरुको निःशुल्क स्वास्थ्य चेकजाँच भएको भोलेना काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवारले जनाएका छन् । सो अवसरमा सयौँ बोलबम काँवरियाले स्वास्थय शिविरको लाभ लिएका छन् ।

शिविरमा डा. सुनिल चौधरी नेतृत्वको चिकित्स टोलीले भोलेनाथ काँवारियाको चेकजाँच सहित स्वास्थ्य परिक्षण गरेको छ । आम उधोग बाणिज्य संघका अध्यक्ष साजन जैसवाल, भोलेनाथ काँवरिया संघका अध्यक्ष राजकुमार साह कलवार, कार्यकारिणी अध्यक्ष चुनुलाल जयसवालको विशेष सहकार्यमा निः शुल्क स्वास्थय शिविर सम्पन्न भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x