शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सप्तरीमा वर्षा नभएपछि खेत बाँझै,पीडामा किसान,खानेपानीको लागि समेत हाहाकार

  • 791
  •  
  •  
  •  
  •  
  •  
  •  
    791
    Shares

 

मंगलबार ६ साउन २०८२
सप्तरी / असारभित्रै रोपाईँ गरिसक्नुपर्नेमा साउन लाग्दासम्म पर्याप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाईँ गर्न नपाएर सप्तरीको खेत बाँझै रहेकोमा किसान चिन्तित बनेका छन् ।

सप्तरीमा धेरैजसो खेत आकाशे पानीको भरमा रोपाईँ गर्ने गरिएको हुँदा र सिँचाई सुविधा नपुगेका हुनाले आकाशे पानी नपरेर रोपाईँ गर्न नसक्ने अवस्था रहेको किसान बताउँछन् । समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाउँदा आफुहरु चिन्तित हुनुपरेको सुरुङ्गाका किसान दिप नारायण चौधरीले बताए । उनका अनुसार हुनेखाने किसान परिवारले बोरिङबाट पानी तानेर रोपाईँ गर्ने गरे पनि गरिब दुःखी किसानलाई त्यस्तो सुविधा नहुँदा अहिलेसम्म खेत बाँझै राख्नुपरेको छ ।

वर्षा समयमा नहुँदा आगामी वर्ष धान उत्पादन घट्ने सम्भावना बढेको छ । गतवर्ष समयमै रोपाई गर्न पाएकाले धान उत्पादन बढेकोमा यसवर्ष वर्षा नभएकै कारण अहिलेसम्म रोपाई गर्न नपाएकाले उत्पादन घट्ने उनको अनुमान छ ।

तराई तथा भित्री मधेस तथा पहाड सबैतिर छ्यासमिसे धानखेती गर्ने गरिएको सप्तरीमा तराई र भित्री मधेसक्षेत्र धानखेतीको ‘अन्न भण्डार’ मानिन्छ । पहाडी भेगमा सिँचाई सुविधा पुगेको बेँसी तथा खोलाखोल्सीमा मात्र धान खेती गर्ने गरिएको छ भने तराई र समथर जमिनमा भने आकाशे पानीको भरमा जताततै धान रोप्ने गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x