शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सरकारको बजेटमा गरिव श्रमजीवीलाई बिर्सेको छ : प्रभु साह

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

 

बिहिवार १५ जेठ २०८२
काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने किसिमको रहेको टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को बैठकमा आज प्रस्तुत गरेको आर्थिक बर्ष २०८२÷८३को बजेट मुलुकमा देखिएको समस्या सम्बोधन गर्ने कुनै पनि कार्यक्रम नदेखिएको उनले बताए ।

संसद् भवन बानेश्वरमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै आजपा अध्यक्ष एवं सांसद साहले भने, ‘हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन । नेताहरूको भुडी भर्ने खालको छ, वितरण पुरै असमान छ ।’

सरकारले नेपालको पूँजी खुलेआम विदेश लान पाउने व्यवस्थाको उनले विरोध गरे । सरकारले २५ प्रतिशत विदेश लान पाउँने गरी व्यवस्था गर्नु भनेको सरकारले मुलुकको अर्थतन्त्र ध्वस्त बनाउन खोजेको प्रस्ट रहेको उनले बताए । उनले सरकारले बजेट बनाउदा बिचौलियालाई गुण तिरेको साहले बताए ।

‘प्राकृतिक सम्पदाको अब खुलेआम दोहन गर्न पाउने भयो । हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो । गरिव श्रमजीवीलाई बिर्सेको र बैदेशिक रोजगारमा रहेका युवालाई दुखी बनाउने खालको छ,’ आजपा अध्यक्ष साहले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x