आगामी आर्थिक वर्षको बजेट ५ बजे पछि प्रस्तुत हुने

सभामुख देवराज घिमिरेले सङ्घीय संसदको संयुक्त बैठक ५ बजे बस्ने गरी प्रतिनिधि सभाको आजको पहिलो बैठक स्थगित गरेका हुन्।
यसअघि अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका थिए । आजको पहिलो बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका थिए ।
बैठकको सुरुमै प्रतिपक्षी दलहरुले उठेर विरोध गरेपनि नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिने बताएपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।
बैठकमा सोपछि मात्र आगामी आर्थिक वर्षका लाग बजेट प्रस्तुत हुने भएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE