शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

फरक विचारले पार्टी र परिवारलाई कुनै असर पर्दैनः रञ्जिता श्रेष्ठ

नाउपा परिवारको पार्टी नभई जनताको पार्टी हो
  • 78
  •  
  •  
  •  
  •  
  •  
  •  
    78
    Shares

 

बुधबार ३० फागुन २०८०

काठमाडौं /नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छन्।

बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई कुनै असर नगर्ने बताएकी हुन्।

त्यस्तै उनले पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताइन्। उनले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफु पनि सँगै गरेको जिकिर गरिन्।

उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको जिकिर गरिन्। उनले आफ्ना पार्टी परिवारको नभई जनताको पार्टी भएको उल्लेख गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x