शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै 

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares
शनिबार १० जेठ २०८२
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बस्दै छ ।
पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बस्न लागिएको हो ।
आज दिउँसो तीन बजे पुन: सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।
शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाले निर्णय गरेको छ ।
शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x