बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

सांसद खुश्बु ओलीलाई धम्की प्रकरणमा अनुसन्धान गर्ने गृहमन्त्रीको आश्वासन

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बुधबार २७ जेठ २०८३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओली ले आफूलाई ज्यान मार्ने तथा बलात्कारसम्मको धम्की आएको विषय संसदमा उठाएपछि गृहमन्त्री सुधन गुरुङ ले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्ने आश्वासन दिएका छन्।
प्रतिनिधिसभा बैठकका क्रममा सांसद ओलीले आफ्नो सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गरेपछि गृहमन्त्री गुरुङले उनलाई भेटेर औपचारिक उजुरीसहित आवश्यक प्रमाण उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने र दोषी ठहरिए कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
यसअघि संसदमा बोल्दै ओलीले सनातनी राज्यको पक्षमा आवाज उठाएको तथा धर्मान्तरणको विरोध गरेको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आफूलाई सुनियोजित रूपमा धम्की दिइएको बताएकी थिइन्।
संसदमा उनले भनिन्, “मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ। धर्मान्तरणको विरुद्ध बोलेको थिएँ। म कुनै धर्मको विरुद्ध छैन। मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो। के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो ?”
सांसद ओलीले आफू व्यक्तिगत रूपमा यस्ता धम्कीको सामना गर्न तयार रहे पनि यसलाई सनातन धर्मप्रति लक्षित आक्रमणका रूपमा लिएको बताएकी थिइन्।
घटनापछि गृहमन्त्री गुरुङले राज्यले नागरिक तथा जनप्रतिनिधिको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै धम्की दिने वा हिंसात्मक अभिव्यक्ति प्रयोग गर्ने व्यक्तिमाथि कानुनी दायराभित्र रहेर अनुसन्धान र कारबाही गरिने बताएका छन्।
यो विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक विचारको सम्मान, धार्मिक बहस तथा अनलाइन माध्यमबाट हुने धम्की र साइबर दुव्र्यवहारबारे व्यापक चर्चा सुरु भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x