शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

एमाले धनुषा जिल्ला अधिवेशन : विवाद हुँदा पाँच जना घाइते

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares
मङ्गलबार २३ वैशाख २०८२

जनकपुर / नेकपा एमाले धनुषाको जिल्ला अधिवेशन निर्वाचन प्रक्रियाको चरणमा पुगेपछि विवाद हुँदा झडपको रुप लिएको छ।

निर्वाचन समितिले मंगलबारको लागि निर्वाचन कार्यतालिका तय गरेर सम्पूर्ण तयारी पूरा गरिसकेको भए पनि मतदाता नामावली सार्वजनिक भएपछि एक पक्षले समितिमाथि पक्षपात र धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो।

विवाद चर्किंदै जाँदा अधिवेशन स्थलमै कुर्सी हानाहानको स्थिति सिर्जना भएको थियो। केही नेताकार्यकर्ताले निर्वाचन समितिमाथि आक्रोश व्यक्त गर्दै कुर्सी प्रहार गरेका थिए भने वर्तमान अध्यक्ष राजकिशोर यादवलगायत पाँच जना कुर्सी लागेर घाइते भएका छन्।

अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन्। सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो।

उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ। अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ।

पार्टीभित्र महासेठ समूह र मण्डल–अरगरिया–झा समूहबीच गुटगत प्रतिस्पर्धा देखिएको छ। दुबै समूहले प्यानल बनाएर उम्मेदवारी दिएका छन्। क्रियाशील र योगदान गरेका युवाहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो एमालेभित्रै उठिरहेको छ। यसले नेतृत्व चयन प्रक्रिया र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठाएको छ।

भोला यादव पक्षले मतदान सुरु गर्न माग गरिरहेको छ। लक्ष्मीनारायण यादव पक्ष विरोधमा उत्रिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x