शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

निजामती सेवामा मात्रै होइन सबैलाई कुलिङ पिरेड लगाउनु पर्नेमा पुर्व प्रशासकहरुको जोड

  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

सोमबार १२ जेठ २०८२
काठमाडौ / जनसरोकार सग जोडिएका बिषयमा निरन्तर कार्यक्रम गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानमा कृयासिल तराई बिकास तथा संचार केन्द्र नेपालले यसपटक बजारमा सर्वाधिक चासो राखिएको स्थानीय ,प्रदेश र संघ सग अन्तर सम्बन्धित बिषयमा प्रशिक्षण मुलक ढंगले आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारका पुर्व सचिब डाक्टर दामोदर रेग्मी राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख कृष्णहरि बास्कोटा लगायतका पुर्व प्रशासकले कार्यपत्र प्रस्तुत सहितको प्रशिक्षण दिनुभएको छ।
कार्यक्रममा कानुन मन्त्रालयका सचिब उदयराज सापकोटा नेपाल बार एशोसिएशनका अध्यक्ष बिजयप्रसाद मिश्र सहित पुर्व सचिब डाक्टर योगेन्द्र कुमार कार्की ,लक्ष्मिराम पौडेल नेपाल समाचारपत्र दैनिकका सम्पादक सागर पण्डित कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार ॠषिराम पौडेलले समेत समसामयिक बिषयमा धारणा राख्दै प्रस्तुत कार्यपत्र माथी टिप्पणी गर्नुभएको थियो।
“प्रशासनिक संघीयता कार्यान्वयनका सवालमा अन्तर सरकारी तथा निजामती सेवाका समसामयिक सवालहरु” बिषयमा भएको कार्यक्रममा समग्र प्रशासन क्षेत्र सुधारका धारणा आएका थिए भने बजारमा सर्वाधिक चासो रहेको कुलिङ पिरेड भने आबश्यक रहेको भएपनि एउटा क्षेत्रलाई रोक्न छेक्न ल्याउनुभन्दा सबैको हकमा लागुहुने गरि ल्याउनु नै उत्तम रहेको बताइएको छ।
कार्यक्रममा कानुन सचिब सापकोटाले आफना कुरा राख्न पाइन्छ।निजामती कर्मचारीको नेतृत्व गर्ने सचिबहरुले पनि त्यसै गरेका हुन।कुरा उठेको छ।हाम्रा कतिपय बिषय छलफल कै क्रममा छ्न।
बिषयलाई अतिरन्जित गरियो। न्यायको नजरमा सबै बराबर हुन्छ।
बारका अध्यक्ष मिश्रले भने सरकारले ल्याउने यो मापदण्डहरु सबैलाई न्याय हुनेगरी आउनेमा आफू बिश्वस्त रहेको बताए।
कार्यक्रममा पुर्व सचिब लक्ष्मिराम पौडेल र डाक्टर योगेन्द्र कुमार कार्कीले भने क्षमताको आधारमा जिम्मेवारी दिनुपर्ने हुन्छ।हामी सग क्षमता मापन गर्ने के छ? प्रश्न गर्नुभयो ।
बिदेशमा समेत सबैको हकमा कुलिङ पिरेड हुन्छ तर सबैलाई बराबर गरेर हेरिन्छ पुर्व सचिबद्वयको धारणा थियो। निजामती कर्मचारीको हकमा मात्रै कुलिङ पिरेड लागू गर्नु क्षमतावानलाइ सिधै अन्याय गर्नु सरह हो पुर्व प्रशासकको साझा धारणा आएको थियो।
प्रस्तुत कार्यपत्रमा धारणा राख्दै सम्पादक पण्डित र पौडेलले समग्र सुधारका बिषयमा आआपना धारणा राखेका थिए।
आयोजक सस्थाका तर्फबाट नवनिर्वाचित नेपाल बारका अध्यक्ष मिश्रलाई बधाई समेत दिइएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x