सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

उदयपुर क्षेत्र नं. २ मा आम जनता पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना

  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

मङ्गलबार २७ माघ २०८२
कटारी, उदयपुर / आम जनता पार्टी (आजपा) को उदयपुर क्षेत्र नं. २ अन्तर्गत कटारी नगरपालिका–६, बगपतिमा क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिएको छ।
भक्त बहादुर मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा आम जनता पार्टीका सहअध्यक्ष तिलक थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा उदयपुर जिल्लाबाट आजपाका विभिन्न उम्मेदवारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्पर्क कार्यालय स्थापनासँगै स्थानीयस्तरमा पार्टीको संगठन सुदृढ बनाउने, जनसमस्याहरूको समाधानका लागि प्रभावकारी पहल गर्ने तथा आगामी राजनीतिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्य राखिएको बताइएको छ।
कार्यक्रममा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x