शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

ज्ञानेन्द्रका सुरक्षाकर्मीहरू कटौती

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares
काठमाडौ / पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११ः३० बजे पूर्व राजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।

डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको छ। ‘केही दिनमा अर्को निर्णय हुने छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कम गरिएको छ। नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ। पूर्व राजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो। निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी निवास हो।

पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि भन्दै सरकारले सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो। यस्तै इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ। ती मध्ये सशस्त्र २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए।

परिवारका सदस्यहरूलाई खटाइएको टोलीलाई पनि फिर्ता गरिएको छ। ‘परिवारका सदस्यलाई दिएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुने छन्,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ। तर सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएको बताए। उनले कार्यविधि अनुसार खटिएको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x