बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

अनलाइन जुवा खेलाउने दुईजना पक्राउ   

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

सोमबार १४ माघ २०८१

काठमाडौ / अनलाइन जुवा खेलाएर सट्टाबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  रामेछाप खाँडादेवी गाँउपालिका वडा नं. ९ घर भई हाल काठमाण्डौं बाफल बस्ने ४८ वर्षीय राज प्रकाश श्रेष्ठ र  नुवाकोट विदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौं सोह्रखुट्टे बस्ने २३ वर्षीय  हरिचन्द्र भुजेल रहेका छन्। उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरुले बेटिंग आवेदनमार्फत  विश्वभर सञ्चालन हुने बिभिन्न अनलाइन गेम हरु अन्तर्गत  मन्त १०८  नामक वेबसाइटमार्फत जुवा (सट्टाबाजी) गर्ने / गराउने गरी रकम संकलन गर्ने,क्रिप्टो मुद्रा व्यापार गर्ने लगायतका गैर कानुनी कार्यहरु भइरहेको भन्ने  सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा बैक खाता तथा ब्यालेन्स आइडी प्रयोग गरी हाल सम्म दुई करोड एक्चालिस हजार छ सय छत्तिस बराबरको कारोबार गरेको खुलेको पाइएको प्रहरीले बताएको छ।

प्रहरीले उनीहरुको साथबाट बिभिन्न मोडेलका मोबाइल सेट थान-४,कम्प्यूटर ( सीपीयु) थान-१,एनसेल सिमकार्ड थान-५०,एनटीसी सिमकार्ड थान-९,बिभिन्न ब्यक्तिहरुको नाममा रहेका एटीएम कार्ड थान-२७, डायरी थान-५, चेकबुक थान-७ र नगद नब्बे हजार बरामद गरेको छ।

पक्राउ परेका उनीहरुलाई  मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा १२५  र सोही संहिताको दफा २६२ (क) १  कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x