शनिबार ८ कार्तिक २०८२
धनुषा / तराई मधेसमा आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आजदेखि विधिवत सुरु भएको छ ।
चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।
त्यस्तै भोली दोस्रो दिन खरना गरिनेछ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ ।
अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।







WRITE COMMENTS FOR THIS ARTICLE