शनिबार २८ असार २०८२
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सातवटै प्रदेश काम नलाग्ने बताएका छन् । आज (शनिबार) दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि राज्य पुनर्संरचना गरिनुपर्ने बताएका हुन् ।
‘अहिले निर्माण गरिएको यो सात वटा प्रदेश कामै लाग्दैन । कुनै प्रदेश काम लाग्दैन । यो प्रदेश संरचना पहिचानको आधारमा भएकै छैन,’– उनले भने ।
साथै, उनले सबै उत्पीडित समुदाय एकताबद्ध हुन आवश्यक रहेको बताए । सबै उत्पीडित समुदाय एकतावद्ध नभएसम्म परिवर्तन सम्भव नहुने उनले बताए ।
अहिले नेपालमा समानता नरहेको उनले बताए । सबैभन्दा बढी दलित समुदाय पिछडिएको बताउँदै उनले पुँजीवादी व्यवस्थामा दलितले चुनावमै प्रतिस्पर्धा गर्न नसक्ने बताए ।







WRITE COMMENTS FOR THIS ARTICLE