पाकिस्तानलाई ५४ रनले हराउदै न्युजिल्यान्ड सेमिफाइनलमा


मङ्गलबार २९ असोज २०८१
काठमाडौँ / न्युजिल्यान्डले वुमेन्स ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा सोमबार आफ्नो स्थान सुरक्षित गरेका छन । उसले यसका लागि निर्णायक सावित लिग चरणको खेलमा पाकिस्तानलाई सजिलै ५४ रनले हरायो ।
जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन मात्र बनाएर अलआउट भयो । राम्रो नेट रन रेटको जितमा सेमिफाइनल प्रवेशका लागि पाकिस्तानसामु आक्रामक खेल्ने विकल्प मात्र थियो ।
न्युजिल्यान्डका लागि ओपनर सुजी बेट्सले सर्वाधिक २८ रन बनाइन् । पाकिस्तानका लागि भने कप्तान फतिमा सानाले सबैभन्दा बढी २१ रन जोडिन् ।
यो जितपछि न्युजिल्यान्ड समूह ए को दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै खेल जितेको अस्ट्रेलिया शीर्ष स्थानमा रहेर यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।
न्युजिल्यान्डको जितले भारतको अन्तिम चारमा प्रवेश गर्ने सम्भावना भने समाप्त भएको थियो । समूह बी बाट सेमिफाइनल पुग्ने टिमको भने निर्णय हुन बाँकी छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE