कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

शनिबार १२ असोज २०८१
सप्तरी / सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
शुक्रबारदेखि अविरल बर्षाका कारण शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE