शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

शुक्रबार ४ असोज २०८१

काठमाडौं / कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

एक कार्यक्रमका लागि विराटनगर गएका थिए । विराटनगरबाट काठमाडौं फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।

‘म अहिले निकै अस्वस्थ भएको छु । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x